शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भारदेउको कोन्ज्योसोम प्रतिमा परिसरमा लामा बसे ३ वर्षका लागि ध्यानमा

भारदेउको कोन्ज्योसोम प्रतिमा परिसरमा लामा बसे ३ वर्षका लागि ध्यानमा

ललितपुर । 
ललितपुरको भारदेउस्थित कोन्ज्योसोम प्रतिमा परिसरमा ७ जना लामा ३ वर्ष लामो ध्यानमा बसेका छन् । बौद्ध धर्मअनुसार आइतबार साइत पारी उनीहरु ३ वर्ष ३ महिना ३ हप्ता ३ दिनका लागि ध्यानमा बसेका हुन् । 
ध्यानपछि ती लामा बौद्ध धर्म, लामा थितिको १८ अध्यायको विशेष पाठसहित सिद्धि हुने नेपाल बौद्ध शान्ति समाजका केन्द्रीय अध्यक्ष पाल्साङ बज्र लामा वाइबाले जानकारी दिए । धर्म गुरु धुप्बोन लामा शेरप पेम्दर रिम्र्पाेर्छेको एकल सहयोगमा बनेको ध्यानालयमा रिम्पोर्छेकोे समेत बेला बेलामा विशेष उपस्थिति हुने उनले बताए । 

लामाहरु ध्यानमा बस्दा कोन्ज्योसोम पर्यटन विकासको थप केन्द्र बनेको कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए । ‘कोन्ज्योसोम आफैमा पर्यटकीय सुन्दर ठाउँ हो । कोन्ज्योसोमको प्रतिमा छेउमा ध्यान केन्द्र बनेको छ । लामा गुरुहरुले कठोर ध्यान सुरु गरिसक्नु भएको छ । पर्यटन विकासको यो अर्काे आकर्षण हो ।’, उनले बताए । 

यो ध्यानलाई निकै कठोर मानिएको छ । लामाहरुले ध्यान बस्दा बिचमै छोडेमा सिद्धि नहुने र सिद्धि हुनलाई ध्यान पुरा गर्नु पर्ने बताईन्छ ।