शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

लिङदेनलाई भेटेर प्रचण्डले भने- कोशीमा सरकार गठनको लागि सहयोग गर्नुस्

लिङदेनलाई भेटेर प्रचण्डले भने- कोशीमा सरकार गठनको लागि सहयोग गर्नुस्

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग अध्यक्ष लिङदेनले भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायको विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन ।’

उनले प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत बताए । उनले भने, ‘कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौं । त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ । कुनै सहमतिमा पुगेका छैनौं ।’