आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

सुन तस्करी जाँचबुझ आयोगले माग्‍योअध्‍ययन, अनुसन्धान प्रतिवेदन

सुन तस्करी जाँचबुझ आयोगले माग्‍योअध्‍ययन, अनुसन्धान प्रतिवेदन

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन, अध्‍ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ ।

शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरी सरकारका विभिन्‍न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू, सम्बन्धित गैरसरकारी संघसंस्थाहरू, मानव अधिकारकर्मीहरू, अपराधशास्त्री, बुद्धिजीवी, न्‍यायविद् एवं कानुनविद्, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरू एवं पत्रकारहरूसहित आम जनसमुदायमा अनुरोध गरेको हो ।