शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रचण्ड, देउवा र कोइरालाबीच छलफल

प्रचण्ड, देउवा र कोइरालाबीच छलफल

काठमाडौं । 
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्याका विषयमा छलफल भएको छ। 

तीन नेताबीचको छलफलमा कोशी प्रदेशको कारण केन्द्रमा सत्ता गठबन्धनलाई कुनै असर पर्न नदिइ थप सुदृढ बनाउने सहमतिसमेत भएको छ। छलफलमा तीन नेता कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत भएका हुन्। 

‘नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गर्दछौँ,’ तीन नेताले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कोशीमा गठबन्धनकै सरकारले निरन्तरता पाउने बताए।  ‘कोशीमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा गठबन्धनकै सरकार कायम रहन्छ,’ आचार्यले भने।