शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कोशीमा फेरि अर्को चलखेल भयो–प्रधानमन्त्री प्रचण्ड

कोशीमा फेरि अर्को चलखेल भयो–प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको दाबी गरेका छन्।

आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको दाहालले बताए।

‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो। हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्,’ सुदूरपश्चिम प्रदेशमा सोमबार समाजवादी मोर्चाको सन्देश सभामा दाहालले भने, ‘आज फेरि त्यसलाई हामी करेक्सन गर्दैछौं, करेक्सन त हुन्छ। जित्नलाई यही गठबन्धनले जित्छ।’

आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक(पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरेका थिए। ‘पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन। चलखेल गर्नेहरू सफल हुँदैनन्,’ उनले भने।