शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हर्टअट्याक

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हर्टअट्याक

काठमाडौं । चीनमा रहेका  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ  बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार  नेपाल फर्किने कार्यक्रम रहेको थियो ।