शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

गाजाको अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा

गाजाको अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा

काठमाडौं । सरकारले गाजाको एक अस्पतालमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नागरिकविरुद्धको आक्रमणबारे गम्भीर रहेको परराष्ट्रले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं । हामी शान्तिमा विश्वास गर्छौं । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं ।’