शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

उपप्रधानमन्त्री श्रेष्ठलाई जनरल वार्ड सारियो

उपप्रधानमन्त्री श्रेष्ठलाई जनरल वार्ड सारियो

काठमाडौं । चीनमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जनरल वार्डमा सारिएको छ । स्वास्थ्यमा क्रमिक सुधार भएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको सचिवालयले जनाएको छ ।

बीआरआई शिखर सम्मेलनमा भाग लिन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ लगिएको थियो ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ ।