मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

दसैं लागेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड

दसैं लागेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन बिहीबार सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । जसलाई आज उछेल्दै आज प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसदिन सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।