मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

ललितपुर र काठमाडौंबाट १५ जना जुवाडे पक्राउ

ललितपुर र काठमाडौंबाट १५ जना जुवाडे पक्राउ

काठमाडौं । जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको छ ।

यस्तै काठमाडौंको चन्द्रागिरी–१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक हजार ८ सय ३५ रूपैयाँ नगद पनि बरामद गरिएको छ ।