शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

केपी ओली गृहजिल्ला झापामा

केपी ओली गृहजिल्ला झापामा

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । यस वर्षको दसैँतिहार, छठ पर्वको अवसरमा ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ ।

उक्त कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् ।

केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए ।