मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

एनसेलले प्रदान गर्‍यो ३ हजार ५ सयभन्दा बढी ग्राहकलाई १०० रुपैयाँ बोनस ब्यालेन्स

एनसेलले प्रदान गर्‍यो ३ हजार ५ सयभन्दा बढी ग्राहकलाई १०० रुपैयाँ बोनस ब्यालेन्स

काठमाडौं। एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दाबढी ग्राहकलाई शुक्रबार १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ। एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको उक्त योजनामा ग्राहकलाई बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ। 

भदौ ३१ देखि २८ दिनसम्म संचालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए। जसमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए।

दैनिक उपहार बाहेक प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहक १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए। विजेता ग्राहकले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जसरी नै एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्ने कम्पनीले बताएको छ।

साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्‍नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो। एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने जनाएको छ।

यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एकरएक वटा स्कुटर जित्नेछन्।