शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

काठमाडौं । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका श्रेष्ठलाई १ कात्तिकमा हृदयाघात भएको थियो ।

बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र शनिबार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।