शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सानेपामा कांग्रेसको चियापान कार्यक्रम

सानेपामा कांग्रेसको चियापान कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

सानेपामा जारी कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।

नेताकार्यकर्ताहरू फोटो सेसनमा पनि व्यस्त देखिन्थे । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको नेताहरू बताउँछन् । २०३८ सालसम्म बीपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछिका हरेक सभापतिले यसलाई निरन्तरता दिँदै आइरहेका छन् ।