शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रसंघका महासचिवको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन मद्दत गर्छः प्रधानमन्त्री

राष्ट्रसंघका महासचिवको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन मद्दत गर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् ।

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो ।

‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा हामीले गर्‍यौं’, भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यो भ्रमणले राष्ट्रसंघसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौं ।’