शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रसंघका महासचिवलाई ओलीले भने–प्रधानमन्त्रीका कारण शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो

राष्ट्रसंघका महासचिवलाई ओलीले भने–प्रधानमन्त्रीका कारण शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो

राष्ट्रसंघका महासचिवलाई ओलीले भने–प्रधानमन्त्रीका कारण शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो 
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

आइतबार संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा उनले पीडितको अधिकार, अन्तराष्ट्रिय मूल्यमान्यताअनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका हुन् ।

एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रियालगायत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले बताए । नेपालले जलवायु परिवर्तनको पीडालाई नजिकबाट हेरेर आवश्यक मुद्दा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसको भनाई उद्धृत गर्दै ज्ञवालीले जानकारी दिए ।

छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको बताए । प्रधानमन्त्री प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिन देखिएको ओलीले बताएको ज्ञवालीको भनाइ छ ।