मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

स्रोत नखुलेको १३ लाखसहित महोत्तरीबाट भारतीय पक्राउ

स्रोत नखुलेको १३ लाखसहित महोत्तरीबाट भारतीय पक्राउ

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका–७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।