शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

 

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।

गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी मंगलबार अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।