शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

हिमाल घुमेपछि गुटेरेसले भनेः जलवायु परिवर्तनका असर हेर्न नेपालका हिमाली क्षेत्रमा आऊ

हिमाल घुमेपछि गुटेरेसले भनेः जलवायु परिवर्तनका असर हेर्न नेपालका हिमाली क्षेत्रमा आऊ

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए ।

‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि यूएईमा हुँदै छ ।

गुटेरेसले यही रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने बताए । हिउँ नभएपछि नदी नाला सुक्ने र मान्छेले पानी नपाउने स्थिति आउने उनले बताए ।