शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

 

काठमाडौं । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।