शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

सर्वोच्चको आदेश लगत्तै पक्राउ परे टोले गुण्डा रिगल

सर्वोच्चको आदेश लगत्तै पक्राउ परे टोले गुण्डा रिगल

 

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका टोले गुण्डा योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जको न्यूरोडबाट पक्राउ गरेको एसपी सुवासचन्द्र बोहराले बताए । उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियो । उनलाई न्यूरोडबाट पक्राउ गरेको हो । ‘

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको  थियो  । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

चेतन मानन्धरको हत्या आरोपमा जेल  सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले स‌ंविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।