शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वतः अन्त्य

संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वतः अन्त्य

 

काठमाडौं । संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिएका हुन् ।