शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैनः उपप्रधानमन्त्री खड्का

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैनः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् । 

आगामी २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो । 

शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए । 

देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । सो आयोजनाको समस्या तत्काल समाधान गरेर अघि बढन नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहोर्‍याए । 

उपप्रधानमन्त्री खड्काले भने, ूफाष्ट्र ट्रयाक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको छ । देशको प्रतिष्ठाको विषय हो । यो सरकारको प्रतिष्ठासँग जोडिएको छ । र, हामी सबैले भनिराखेका छौँ–यो जति छिटो बनाउँछौँ, यसले देशभरको आर्थिक क्षेत्रमा ल्याउने संख्यात्मक, गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ । त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्त तोकेका छौँ ।ू

उनले सो आयोजनाको ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाई गर्नुपर्ने समेत बताए ।