शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै ८० जनाको मृत्यु

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै ८० जनाको मृत्यु

 

काठमाडौं । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा रुकुम र जाजरकोटमा मात्र ८० जनाको मृत्यु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब १ सय ४० जना घाइते भएका छन् ।भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पले घरहरु भत्किएको  खबर पाउनासाथ  उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको बताइएको छ ।