शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो

 

काठमाडौं । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३८ पुगेको छ । जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको स्रोतले बतायो ।

यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।