शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२ः४५ बजे बस्दै छ । बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रीत अभियानको बारेमा छलफल केन्द्रित हुनेछ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ ।

सो अभियान मंसिर दोस्रो साताबाट सुरु हुनसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् ।

यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको पनि उनले बताए ।