आइतबार १४ पुस, २०८१ | Sunday, December 29, 2024

प्रहरी समायोजनका लागि संघीय सरकारसँग वारपारको आन्दोलन हुन्छः मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि संघीय सरकारसँग वारपारको आन्दोलन हुन्छः मुख्यमन्त्री यादव

जनकपुरधाम । प्रहरी समारोह गर्नका लागि दबाब दिन मधेश प्रदेश सरकारले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ । जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘यसअघि पनि संघीय सरकारलाई पटक पटक प्रदेश सरकारले दबाब दिएको छ । त्यतिबेला चुनावको आयो । तर यो पटक आरपारको आन्दोलन गर्छौं ।’

आन्दोलन कस्तो हुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन्, गाउँ गाउँमा आन्दोलन हुन्छ ।’ उनले निजामती ऐन र प्रहरी समायोजनका लागि प्रतिपक्षी दलको पनि साथ रहेको बताए ।

आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको मुख्यमन्त्री यादवको भनाई छ ।

‘जुन अधिकार दिएको छैन्, त्यससंग सम्बन्धित काम मात्र हुन सकिरहेको छैन्’, उनले भने, ‘अधिकार पाएको सबै क्षेत्रमा काम भएकै छ । प्रादेशिक अस्पतालहरु गएर हेर्नुस् त काम भएको छ कि छैन् रु’