मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

अन्ततः रंगेहात पक्राउ परे पूर्व जर्नेल लावती

अन्ततः रंगेहात पक्राउ परे पूर्व जर्नेल लावती


काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी (जर्नेल) होम लावतीलाई ललितपुर प्रहरीले जुवा खालबाट रंगेहात पक्राउ गरेको छ । प्रहरीले लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पूर्व जर्नेल लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।


ललितपुरको हात्तिवन स्थित क्लासिक टावर अपार्टमेन्टको जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । उनीहरुलाई प्रहरी परिसर, ललितपुरमा राखिएको छ । परिसरबाट खटिएको विशेष टोलीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । पूर्व जर्नेल लावतीको नाम ललितपुरमा जुवा खेल्ने र खेलाउने कार्यमा चर्चित थिए । प्रहरीले उनलाई सुक्ष्म निगरानीमा राखिएको थियो ।