शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

रमेश बाहुनले सुरु गरे म्यानपावर व्यवसाय

रमेश बाहुनले सुरु गरे म्यानपावर व्यवसाय

काठमाडौं ।

रमेश बाहुन’ उर्फ सुजन पौडेलले म्यानपावर कम्पनी खोलेका छन् । कम्पनी खोलेसँगै पौडेलले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ यात्रा सुरु गरेका छन् ।  ‘बाहुन डन’को परिचय बनाएका उनी केही समयअघिमात्रै जेलबाट रिहा भएका थिए। करिब ९ वर्ष २ महिना जेल जीवन बिताएपछि अब उनी व्यवसाय र समाजसेवामा जोडिने अभियानमा लागेको बताएका छन्।

नयाँ व्यवसाय सुरु गरेको सुजन पौडेलले भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारेको बताउदै उनीहरुको सहजीकरण गर्ने कार्यमा आफ्नो म्यानपावरले काम गर्ने बताए ।

सुजनकुमार ह्यूमन रिरोर्सोज कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ। कम्पनी सुरु गरेसँगै उनले दुबईमा रोजगारी गरिरहेका र त्यहाँ अलपत्र परेका नेपालीका बारेमा अध्ययन पनि सुरु गरेको बताएका छन् ।

‘हामीले भर्खर काम सुरु गरेका छौँ। यहाँ धेरै नेपाली अलपत्र परेका छन्, धेरै नेपालीको रोजाइ पनि दुबई नै परेको छ, पौडेलले भने । कुनैबेला नेपालमा चर्चित ‘डन’ले चिनिने उनले अब व्यावसायिक बाटो रोजेको भन्दै यसले आफूलाई र आफ्नो परिचय बदल्ने विश्वास गरेका छन् ।