शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

निषेधित क्षेत्र तोड्न खोजेपछि बल्खु चोकमा झडप

निषेधित क्षेत्र तोड्न खोजेपछि बल्खु चोकमा झडप

काठमाडौं । दुर्गा प्रसाईंको जनप्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि पटक–पटक झडपहरु भइरहेका छन् । प्रदर्शनका लागि तोकिएको बल्खु चोकलाई प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ ।

जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो अश्रुग्यास र पानीको फोहोरा फ्याँकेर प्रदर्शनकारीलाई तितरबितर बनाइयो । त्यसपछि एउटा समूहलाई बल्खु पुलपारी र अर्को समूहलाई परीक्षा नियन्त्रण कार्यालयतिर रोकिएको छ । बल्खु चोकमा प्रहरीले प्रर्दशनकारीलाई ढिम्किन दिएको छैन ।

प्रदर्शनकारीहरू बल्खुतर्फ आउने प्रयासमा प्रहरीसँग झडप भएको हो । स्रोतका अनुसार एकजना प्रदर्शनकारी घाइते भएका छन् । उनलाई स्टार अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि केहीबेर ढुंगामुढा गरेका थिए ।