शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

दुर्गा प्रसाईंको महाअभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति छैनः काठमाडौं प्रशासन

दुर्गा प्रसाईंको महाअभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति छैनः काठमाडौं प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् ।

प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार बल्खुमा अराजक शैलीमा प्रदर्शन गरेको थियो ।

उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

तर, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपल्बध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।