शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

२६ जना प्रहरी सम्पर्कविहीन

२६ जना प्रहरी सम्पर्कविहीन

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी नै नगरी सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।