शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छः मुख्यमन्त्री कार्की

कोशीमा मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छः मुख्यमन्त्री कार्की

 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए । पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए ।

‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै सरकार विस्तारमा लाग्ने छौ ।’उनले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या घटाएको विषयमा भने केही पनि प्रतिक्रिया दिएनन् ।

उनले भने, ‘मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौं ।’

उनले मन्त्रालयको सङ्ख्या बढ्नेरनबढ्ने विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा रहेका १३ वटा मन्त्रालयको सङ्ख्या घटाएर ९ बनाएको छ ।

कोशी प्रदेशमा अहिले कांग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री छन् ।