शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्री प्रचण्ड दुबईमा

प्रधानमन्त्री प्रचण्ड दुबईमा

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कोप(२८ मङ्सिर १४ देखि २६ गतेसम्म (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म) दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन् ।