शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

हुम्लामा हिमपात भएपछि जनजीवन कष्टकर

हुम्लामा हिमपात भएपछि जनजीवन कष्टकर


काठमाडौँ। आज सोमबार बिहानदेखि हुम्ला जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो पनि अत्यन्तै बढेको छ। हिमपातपछि नेपालगन्ज र सुर्खेतबाट हुँदै आएका हवाई उडानसमेत प्रभावित भएका छन्।

यस वर्षको पहिलो हिमपातले कृषकको मुहारमा खुसी छाएको छ। झन्डै एक फिटजति सदरमुकाम सिमकोटमा हिउँ जमेको छ। मंसिरमा छरेर जेठ महिनामा भित्र्याउने जेठासी बाली राम्रो हुने भएपछि कृषकको मुहारमा खुसी छाएको छ।

उक्त हिमपातले उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी जाने न्यालुलेख बन्द भएको नाम्खा गाउँपालिका६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
अब थप हिमपात भएपछि लिमी आवतजावत गर्न कठिन हुने वडाध्यक्ष तामाङले गुनासो गरे । उत्तरी हिल्सानाका जाने नारालेख पनि हिउँले छोपेको छ।