शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

सोती हत्याकाण्डका २३ जनालाई जन्मकैदको फैसला

सोती हत्याकाण्डका २३ जनालाई जन्मकैदको फैसला

 

काठमाडौं । रुकुम पश्चिमको सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैदको सजाय भएको छ । आज रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको बताइएको छ ।  यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिटबाट हत्या गरी सेती नदीमा बगाइदिएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा चलाएको छ ।