मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

न्युरोडबाट ७ केजी सुनसहित एकजना पक्राउ, करिब ४० लाख रुपैयाँ नगद बरामद

न्युरोडबाट ७ केजी सुनसहित एकजना पक्राउ, करिब ४० लाख रुपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले तस्करीको आशंकामा न्युरोडको २ वटा सुन पसलबाट करिब ७ केजी सुन बरामद गरेको छ । ओम पर्ल गोल्ड प्राली र कैलाश ज्वेलर्सबाट ७ केजी १८५ दशमलब ३३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सुनको बिल बिजक देखाउन नसकेपछि प्रहरीले सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले पसलबाट ३९ लाख ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । उनी हुन्डी कारोबारी पनि भएको प्रहरीको दाबी छ ।