आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

एनसेलको शेयर बिक्री प्रकरणमा सोधपुछका लागि प्रधानमन्त्रीलाई बोलाईयो

एनसेलको शेयर बिक्री प्रकरणमा सोधपुछका लागि प्रधानमन्त्रीलाई बोलाईयो

 

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।


शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमबार (२५ गते) बैठकमा बोलाउने निर्णय गरेको हो । सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।

समितिले प्रधान सेनापतिलाई आगामी बुधबार (२७ गते) काठमाडौं–तराई–मधेश द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने पनि निर्णय गरेको छ ।

खतिवडाले भने, ‘२५ गते सोमबार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के(कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गर्‍यौं । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौं आजै ।’