शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।

‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’, गजुरेलले भने । उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौला’, उनले भने ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट आकांक्षा राखेका गजुरेलल प्रतिनिधिसभाको टिकट पाएका थिएनन् । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।