मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

लागुऔषध कारोबारीलाई समात्न झम्सिखेलमा गोली प्रहार

लागुऔषध कारोबारीलाई समात्न झम्सिखेलमा गोली प्रहार

 

काठमाडौं । ललितपुरको झम्सिखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

घाइतेको साथबाट आइस ड्रग तथा एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ। उनको दाहिने खुट्टामा गोली लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।