शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चिवाभन्ज्याङबाट ओली भने–देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ

चिवाभन्ज्याङबाट ओली भने–देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेका ओलीले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए ।

उनले भने, ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’

उनले एमाले चुनौतिहरुको सामाना गर्दै अरुले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको बताए ।