शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

३ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

३ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन् ।

हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ ।