शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साँझ ५ बजे सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

यसअघि दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको थियो । पछि कार्यक्रम सारिएको हो ।

प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक देशको प्रधानमन्त्री नियुक्त भएका थिए । यसअघि २०६४ र ०७४ मा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।