शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बालकुमारी घटनाबारे एमालेले भन्योः बल प्रयोग समस्याको समाधान होइन, निष्पक्ष छानबिन होस्

बालकुमारी घटनाबारे एमालेले भन्योः बल प्रयोग समस्याको समाधान होइन, निष्पक्ष छानबिन होस्

 

काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो ।

एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निस्पक्ष छानबिन गर ।’