बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्नको लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

दुईजना युवाको मृत्यु हुने गरी भएको घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिमाथि प्रश्न उठाइएको थियो ।

घटनाको छानबिन गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

भोलि बस्ने मन्त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने भएकाले त्यहीअनुसार प्रस्ताव ल्याउन प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

हिजो सकिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । आज बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरूबीच बसेको बैठकले आयोग गठन गर्ने सहमति जुटाएको हो ।