बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

भारतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गर्‍योः एमाले

भारतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गर्‍योः एमाले

काठमाडौं । नेकपा एमालेले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्‍याइएकोमा विरोध जनाएको छ । भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नभएकोप्रति पनि एमाले बैठकले असन्तुष्टि प्रकट गरेको छ । बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षीलाई विश्वासमा लिएर भारतसँग डिल गर्नुपर्नेमा सरकार चुकेको बताए । उनले भने, ‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्थ्यो ।’ पोखरेलले बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु नहुनेमा जोड दिए । वैदेशिक सहायता वैदेशिक प्रणालीभित्रै हुनुपर्ने पार्टीको मान्यता रहेको उनले उल्लेख गरे ।