बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौलाको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौलाको मनोनयन दर्ता

 

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् । विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।

२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।

कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भए ।

१४ औँ महाधिवेशनमा भने उनी देउवासँग प्याक भए । उनी कुनै पनि पदमा उम्मेदवार भएनन् । कांग्रेसमा छुट्टै गुट बनाएका सिटौलाले १४ औँ महाधिवेशनमा भने देउवालाई सघाएका थिए ।

उनको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।