बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच शिष्टाचार भेटवार्ता

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का नवनियुक्त महासचिव गोलाम सरवारले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्णरुपमा प्रतिवद्ध रहेको बताए ।

त्यस्तै, उनले अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने कुरामा आशा व्यक्त गरेका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन् ।