शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।

यस्तै अदालतले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश समेत दिएको छ । उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।