शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

ललितपुर नापी कार्यालय भ्रष्टाचारको हबः नापी सर्वेक्षकसहित ३ पक्राउ

ललितपुर नापी कार्यालय भ्रष्टाचारको हबः नापी सर्वेक्षकसहित ३ पक्राउ

ललितपुर ।
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगले एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । ललितपुर नापी भ्रष्टाचारको हब बनेका कारण अख्तियारको हिट लिस्टमा रहेको छ । यसअघि पनि ललितपुर नापीमा पटक पटक कर्मचारीहरु रंगेहात पक्राउ परेका छन् ।